देश

एकै ठाउंमा भेला हुँदै जिटिएका नेपाली युवा

By canadakhabar

September 04, 2021

क्यानडाखबर डेस्क – टोरोन्टो ।

‘जिटिए नेपाली यूथ’ को आयोजनामा आउंदो सेप्टेम्बर ५ आईतवार मिसीसागा स्थित मेड्वभेल पार्कमा विविध कार्यक्रम आयोजना गरिने भएको छ ।

‘कोभिड महामारिका कारण २ वर्ष सम्म एकै ठाउंमा भेला हुन नसकिएको र धेरै पछी टोरोन्टो आसपासमा रहेका नेपाली युवाहरु एकै ठाउंमा भेला भएर खुल्ला आकाशमुनी सगैं रमाउन यो प्रयास गरिएको हो’ आयोजक मध्यका एक युवा सुघब बन्जराले बताए ।

उनका अनुसार कार्यक्रममा युवाहरुलाई विभिन्न खेलमा समाबेश गराइनेछ । परामर्शका लागि हेल्प डेस्क,पेन्टिङ,डान्स, गायन लगाएतका कार्यक्रमहरु पनि हुनेछन् ।

सहभागीलाई खाना ( बार्बिक्यु ) को ब्यबस्था पनि आयोजकले गराएको छ । कार्यक्रमलाई प्रायोजकका रुपमा स्थानिय ब्याबसायीहरुले सहयोग गरिदिएका छन् ।