Car crash on a white background

देश

क्यानडाको सडक दुर्घटनामा परि अस्ताए नेपाली युवा

By canadakhabar

January 10, 2025

जगन सापकोटाटोरोन्टो क्यानडा ।

क्यानडामा सडक दुर्घटनाबाट एक नेपाली युवा युनिश गिरीको मृत्यु भएको छ।गत मंगलबार राती साढे १० बजे क्युबेक सिटीमा उनको मृत्यु भएको हो।

साथीहरुसंग घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा आफु चढेको गाडीमा समस्या देखिएपछी, गाडीबाट बाहिर निस्किएका थिए त्यसै बेला अर्को गाडीले उनलाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट सख्त घाइते भएका ती युवाको घटनास्थलमै मृत्यु भएको क्युबेक प्रहरीले सार्वजनिक गरेको थियो।बिद्यार्थी भिसामा २०२२ को जनावरीमा क्यानडा आएका गिरी वन्टारिओको ब्राम्टोन सिटिमा बस्दै आएका थिए।

उनको एक बहिनी बुवा र आमा नेपालमा बस्दै आएका छन् भने एक भाई अध्यायनको शिलशिलामा अस्टेलिया छन् ।

उनको अन्यष्टीका लागि चाहिने खर्च तथा अन्य ब्यबस्थापनको लागि एनआएएनए क्यानडाले पहल गरिरहेको छ ।

Car crash on a white background